चेयरम्यान कप चेसः ३ सय १९ खेलाडीको चुनौती

काठमाडौं। काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३ सय १९ खेलाडीको सहभागितासँगै ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा वुधबार सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ४ को आयोजना तथा हिमालयन चेस एकेडेमी एचसीए को व्यस्थापनमा सञ्चालित प्रतियोगितामा गर्ल्स् र ब्वाइजका गरी कुल ६ स्पर्धासमावेश गरिएको छ । पहिलो दिन दुई चरणका […]

Jun 4, 2025 - 19:25
 0
चेयरम्यान कप चेसः ३ सय १९ खेलाडीको चुनौती

काठमाडौं। काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३ सय १९ खेलाडीको सहभागितासँगै ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा वुधबार सुरु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ४ को आयोजना तथा हिमालयन चेस एकेडेमी एचसीए को व्यस्थापनमा सञ्चालित प्रतियोगितामा गर्ल्स् र ब्वाइजका गरी कुल ६ स्पर्धासमावेश गरिएको छ । पहिलो दिन दुई चरणका खेल सम्पन्न भएको छ, जसमा कक्षा १ देखि ४ सम्म गल्र्सतर्फ ६ खेलाडीले शतप्रतिशत जित हासिल गरे ।

धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीका सिमरन कार्की र सुप्रिया मोक्तान तथा महेन्द्र माविका आशिका लोप्चनले दुवै खेल जित्दै २–२ अंक जोडेका हुन् । ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभ को–एडुकेसनल स्कुलका श्रेयांश सापकोटा र अर्णव मानन्धर तथा बाँसबारी माविका खेमराज जैशी र युङ्सेन तामाङले २–२ अंक बनाएका हुन् ।

कक्षा ५ देखि ८ ब्वाइजमा आदर्श गुरुङ, नवीन थापामगर, प्रसन्न जैशी, प्रत्युष ज्ञवाली, राजु राईले सुरुआती दुवै चरणमा जित दर्ता गरे । गल्र्सतर्फ रोसलिन सुवेदी, आरग्य गुप्ता, समिक्षा नेपाल, अप्सरा खत्री, काश्यपी मैनालीले सफलता हात पारे ।

कक्षा ९ देखि १२ गल्र्सतर्फ मायुमी राई, आँचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाइँ, स्मारिका लामा, समिक्षा रपाल, साङ्मेन्दु तामाङले दुवै खेल जिते । ब्वाइजमा प्रेम–विक्रम अधिकारी, ओजस अधिकारी, अभिनव पाण्डेले पनि २–२ अंक बनाए ।

स्वीस प्रणलीको आधारमा आयोजित र्यापिड चेसमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिका सहभागि छन् । दुई दिने च्याम्पियनसिपको उद्घाटन कामपा ४ का वडाध्यक्ष दिनेश महर्जन र राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताका पहिलो च्याम्पियन मोनालिशा खम्बूले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register