सेनाको हेलिकोप्टर चढेर दाङ पुगे प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरअघि दाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । […]

Feb 17, 2025 - 07:33
 0
सेनाको हेलिकोप्टर चढेर दाङ पुगे प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरअघि दाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा एमाले दाङले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमपछि उनले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register