सहिद दिवसमा महानगरको प्रभातफेरि, प्रधानमन्त्री ओली अनुपस्थित (तस्वीरहरू)
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहिद दिवसको अवसरमा बुधबार प्रभातफेरिको आयोजना गरेको छ । बिहान रत्नपार्कस्थित शान्तिवाटिकादेखि सुरु भएको प्रभातफेरि लैनचौरको सहिद स्मारक पार्कमा पुगेर सभामा परिणत भएको थियो । यसअघि महानगरले आयोजना गरको उक्त कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्च पदस्थ अधिकारीसहितको प्रभातफेरिमा सहभागी भइ पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको बताइएको थियो । […]

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहिद दिवसको अवसरमा बुधबार प्रभातफेरिको आयोजना गरेको छ ।
बिहान रत्नपार्कस्थित शान्तिवाटिकादेखि सुरु भएको प्रभातफेरि लैनचौरको सहिद स्मारक पार्कमा पुगेर सभामा परिणत भएको थियो ।
यसअघि महानगरले आयोजना गरको उक्त कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्च पदस्थ अधिकारीसहितको प्रभातफेरिमा सहभागी भइ पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको बताइएको थियो ।
तर यसपालिकाे कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत कोही पनि मन्त्री उपस्थित भएनन् । कार्यक्रममा महानगरका मेयर बालेन शाह पनि सहभागी थिएनन् । तर उपमेयर सुनीता डंगोल भने सहभागी भइन् ।
पछिल्लो समय सङ्घीय सरकार र काडमाडौं महानगरका मेयर शाहबीच टसल छ । यही कारण प्रधानमन्त्रीलगायत उच्च पदस्थहरू अनुपस्थित रहेको विश्लेषण गरिएको छ ।
विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
सहिद दिवसका अवसरमा सङ्घीय सरकारले भने बिहान ११ बजे छुट्टै कार्यक्रम राखेको छ ।
हेराैं तस्वीरहरू :
What's Your Reaction?






