हलेसीबजारमा भीषण आगलागीबाट ७ करोड बढीको क्षति                                      

 खोटाङ।                   खोटाङको हलेसीबजारमा भएको  भीषण आगलागीबाट ७ करोड बढीको क्षति भएको छ । ग्याँसको सिलिन्डर लिक हुँदा सुरु भएको आगालागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।  हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । […]

Feb 17, 2025 - 08:23
 0
हलेसीबजारमा भीषण आगलागीबाट ७ करोड बढीको क्षति                                      

 खोटाङ।                 

 खोटाङको हलेसीबजारमा भएको  भीषण आगलागीबाट ७ करोड बढीको क्षति भएको छ । ग्याँसको सिलिन्डर लिक हुँदा सुरु भएको आगालागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

 हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो । काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा ग्यास लिक आगालागी सुरु भएको थियो ।

आगलागीबाट पदमशेरको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरको दोश्रो तलामा रहेको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । आगलागीबाट पदमशेरको चार करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पुर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको छ । प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो राती १ बजेमात्र पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । स्थानीय नागरिक, नेपाल प्रहरी र नगर प्रहरीले जोखिम मोलेर आगलागी नियन्त्रणमा लागेका थिए । आगलागी भीषणरुपमा फैलिएपछि दमकल नहुँदा नियन्त्रण गर्न कठिन भएको थियो । पानी बोक्ने ट्याङकरको सहायतामा आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

सुख्खा क्षेत्र हलेसीमा स्थानीयले रिजर्भ गरेर राखेको पानी ट्याङकरले ओसारेको पानीले आगलागी नियन्त्रण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो । आगलागी नियन्त्रणमा पानी बोक्ने, ट्याङकरसहित जेसिबी लगायतका मेसिनहरु पनि प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन ।

दमकल नहुँदा आगलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register