नेपालमा एमसीसीका योजनालाई निरन्तरता दिने अमेरिकाको संकेत

काठमाडौं । अमेरिकाले नेपालमा एमसीसीका योजनालाई पुन: निरन्तरता दिने संकेत गरेको छ । एमसीए नेपालले एक वक्तव्य जारी गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ । एमसीए नेपालले […]

Jun 18, 2025 - 13:14
 0
नेपालमा एमसीसीका योजनालाई निरन्तरता दिने अमेरिकाको संकेत

काठमाडौं । अमेरिकाले नेपालमा एमसीसीका योजनालाई पुन: निरन्तरता दिने संकेत गरेको छ ।

एमसीए नेपालले एक वक्तव्य जारी गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ ।

एमसीए नेपालले बुधबार एक वक्तव्य जारी गर्दै समिक्षा अवधिमा पनि परियोजनाका गतिविधिहरूलाई निरन्तरता दिन पाइएको उल्लेख गरेको छ । वक्तव्यमा भनिएको छ, “एमसीसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै समिक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत छन्।”

एमसीएले नेपाल सरकारको अर्थ मन्त्रालय तथा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) सँग निकट सहकार्य गर्दै कम्प्याक्ट अन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधिहरू अगाडि बढाइरहेको जानकारी दिएको छ ।

वक्तव्यमा थप भनिएको छ, “संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध छ।”

नेपालमा एमसिसी कम्प्याक्ट ५०० मिलियन अमेरिकी डलरभन्दा बढीको विद्युत प्रसारण लाइन र सडक स्तरोन्नति परियोजनामा केन्द्रित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register