लुम्बिनी प्रदेश सांसद निमा गिरीलाई उत्कृष्ट सांसदको सम्मान

काठमाडौँ। लुम्बिनी प्रदेश सभाका सांसद निमा गिरीलाई उत्कृष्ट सांसदको रूपमा सम्मान गरिएको छ । निजामती कर्मचारी युनियन प्युठानको ९औँ जिल्ला अधिवेशनको अवसरमा उनलाई प्रदेश र स्थानीय तह निजामती ऐन निर्माणमा महत्ववपूर्ण भूमिका निर्वाह गरेको र नीति सुधारमा आवाज उठाएर कार्यान्वयनमा ल्याएको भन्दै सम्मान गरिएको हो । प्रदेश सभा सदस्य गिरीले ऐन कानून संशोधन र नीति […]

Feb 18, 2025 - 16:44
 0
लुम्बिनी प्रदेश सांसद निमा गिरीलाई उत्कृष्ट सांसदको सम्मान

काठमाडौँ।

लुम्बिनी प्रदेश सभाका सांसद निमा गिरीलाई उत्कृष्ट सांसदको रूपमा सम्मान गरिएको छ ।

निजामती कर्मचारी युनियन प्युठानको ९औँ जिल्ला अधिवेशनको अवसरमा उनलाई प्रदेश र स्थानीय तह निजामती ऐन निर्माणमा महत्ववपूर्ण भूमिका निर्वाह गरेको र नीति सुधारमा आवाज उठाएर कार्यान्वयनमा ल्याएको भन्दै सम्मान गरिएको हो ।

प्रदेश सभा सदस्य गिरीले ऐन कानून संशोधन र नीति सुधारमा पुर्याएको योगदानको कदर स्वरूप प्रदान गरिएको निजामती कर्मचारी युनियन प्युठानका अध्यक्ष खिमबहादुर अधिकारीले बताए । प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने उनी एक मात्र प्रदेश सभाकी सांसद हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register