ब्राजिलियन फुटबलर कार्लोस केहीबेरमा नेपाल आउँदै

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने भएका छन् ।  उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आउन लागेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले  सो जानकारी दिएको हो ।  जसअनुसार कार्लोस मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]

Apr 22, 2025 - 02:43
 0
ब्राजिलियन फुटबलर कार्लोस केहीबेरमा नेपाल आउँदै

काठमाडौं ।

विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने भएका छन् । 

उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आउन लागेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले  सो जानकारी दिएको हो । 

जसअनुसार कार्लोस मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन भने उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।

यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वस्थ अवस्थाका उनको भ्रमण स्थगित भएको थियो ।

कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register