काङ्ग्रेस संसदीय दल बैठक : अध्यादेशलगायत विषयमा छलफल
काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशका विषयमा छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको वैठकमा सांसदहरूले अध्यादेशलगायत सरकारका काम–कारबाहीका विषयमा छलफल भएको काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । मन्त्री र नेताहरूले बोल्ने क्रम नसकिएपछि नेपाली कांग्रेसको संसदीय दलको बैठक माघ २४ गतेसम्मका […]

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशका विषयमा छलफल भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको वैठकमा सांसदहरूले अध्यादेशलगायत सरकारका काम–कारबाहीका विषयमा छलफल भएको काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
मन्त्री र नेताहरूले बोल्ने क्रम नसकिएपछि नेपाली कांग्रेसको संसदीय दलको बैठक माघ २४ गतेसम्मका लागि स्थगित भएको उनले बताए ।
संसद्को हिउँदे अधिवेशन दिउँसो १ बजेबाट सुरु भएकाे छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरूले बोलेपछि अध्यादेश आजै टेबल हुने र २४ गते पारित हुने प्रमुख सचेतक घिमिरेले जनाए ।
कांग्रेसले आजदेखि शुरू हुने संसद् अधिवेशनमा प्रभावकारी भएर प्रस्तुत हुने तयारी गरेको पनि उनले बताए । काङ्ग्रेसले यसअघि नै संसदमा अध्यादेशका पक्षमा एकढिक्का भएर गर्ने निर्णय गरिसकेको छ ।
सरकारले ६ वटा अध्यादेश संसदमा टेबल गर्ने बताइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने त्यसलाई अस्वीकारको सूचना दर्ता गर्ने भएको छ ।
What's Your Reaction?






