सेयर बजारमा सामान्य अङ्कको वृद्धि 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको । आज नेप्से परिसूचक ३ दशमलव १४ अङ्कले बढेर २७४३ दशमलव ७४ को विन्दुमा पुगेको छ । बिहीबार ३०९ कम्पनीका ८६ हजार २२३ पटकको कारोबारमा १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Feb 20, 2025 - 09:35
 0
सेयर बजारमा सामान्य अङ्कको वृद्धि 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको । आज नेप्से परिसूचक ३ दशमलव १४ अङ्कले बढेर २७४३ दशमलव ७४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०९ कम्पनीका ८६ हजार २२३ पटकको कारोबारमा १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

८१ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा बाँकी राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register