बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ९ कम्पनीको एक करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Feb 20, 2025 - 09:32
 0
बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ९ कम्पनीको एक करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६५ करोड ६६ लाख ७ हजार ८ सय ५६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, बाराही हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register