भारतसँग विद्युत् आदानप्रदानमा समस्या छ : निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतसँग विद्युत आदानप्रदानमा समस्या रहेको बताएका छन् । प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले वर्षेनी सम्झौता नवीकरण गरिरहनुपर्दा समस्या भएको बताए । उनले भने, “केही समय भारतको इनर्जी सिस्टमा चाप परेको बेलामा सोलार आवरमा मात्रै उपलब्ध हुने अहिले भारत सरकारले सहयोग गरेको बाहेक ११ घण्टाबाहेक रातिको समयमा […]

May 2, 2025 - 10:22
 0
भारतसँग विद्युत् आदानप्रदानमा समस्या छ : निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतसँग विद्युत आदानप्रदानमा समस्या रहेको बताएका छन् ।

प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले वर्षेनी सम्झौता नवीकरण गरिरहनुपर्दा समस्या भएको बताए ।

उनले भने, “केही समय भारतको इनर्जी सिस्टमा चाप परेको बेलामा सोलार आवरमा मात्रै उपलब्ध हुने अहिले भारत सरकारले सहयोग गरेको बाहेक ११ घण्टाबाहेक रातिको समयमा पनि उपलब्ध गराइरहेको छ । अहिले मे १ देखि चार घन्टा थप गरेर जम्मा १५ घन्टा उपलब्ध भइरहेको छ । तर, यसरी वर्षेनी नवीकरण गरिरहनुपर्दा भारतसँग सीमा जोडिएका तर विद्युत् सम्झौता नभएका मुलुकहरुको लगानी भएको आयोजनालाई स्वीकार नगर्ने यस्ता समस्याहरु प्राधिकरणको आगामी दिनको चुनौती हुन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register