चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला झापा दमक नगरपालिका वडा नं ५ घर भई काठमाडौँ महानगरपालिका वडा नं ७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फे रहेका छन् । उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि चेक रिपब्लिक लैजाने भन्दै एक लाख […]

Feb 20, 2025 - 12:20
 0
चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला झापा दमक नगरपालिका वडा नं ५ घर भई काठमाडौँ महानगरपालिका वडा नं ७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फे रहेका छन् ।

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि चेक रिपब्लिक लैजाने भन्दै एक लाख ३८ हजार रुपैयाँ ठगी गरेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सम्बाहाम्फेलाई फागुन ८ गते पक्राउ गरेको हो ।

हाल उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register