आशुतोष कुमारले जिते मेयर कप चेसको उपाधि

नुवाकोट । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा सम्पन्न प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका आशुतोष कुमारले जितेका छन्। प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोस्रो स्थान प्राप्त गरेका छन्। प्रतिस्पर्धाको अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहालसंग बाध्यतात्मक […]

Feb 21, 2025 - 05:04
 0
आशुतोष कुमारले जिते मेयर कप चेसको उपाधि

नुवाकोट ।

नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा सम्पन्न प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका आशुतोष कुमारले जितेका छन्।

प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोस्रो स्थान प्राप्त गरेका छन्। प्रतिस्पर्धाको अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहालसंग बाध्यतात्मक बराबरी खेलेका थिए भने धिरेन राईले पुरुषोत्तम चौलागाईंमाथि जित दर्ता गर्दै शीर्ष समान अंक बनाएका छन्।

नुवाकोट होटल याङ्ग्रा ७ चरणको खेलवाट एफएम क्षितिज भण्डारीले ५ दशमलव ५ अंक उच्च ३० बुकोज्ल्स् प्वाइन्टका आधारमा तेस्रो हुन सफल भएका छन्। सिएम शुश्रुत दहालले अन्तिम चरणको खेलमा जित हासिल गर्न असमर्थ हुदा उपाधिवाट हात धुन पुगेका थिए।

शुश्रुतले ५।५ अंक बनाउदै २९।५ बुकोल्ज्स् चौथो स्थान हात पारेका छन्। भारतका विनायक सिं यादव २५ बुकोल्ज्स् प्वाइन्ट प्राप्त गर्दै पाँचौं स्थानमा रहेका छन्। यस्तै नेपालका युवा पुरुषोत्तम सिलवाल, भारतका मोहित कुमार सोनि, एफएम रुपेश जैसवाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान ५ अंक जोडेर पाँचौ देखि दशौं स्थानमा रहन सफल भएका छन्।

स्थानीय तर्फ नुवाकोटका प्रकाश जोशीले ४ प्वाइन्ट बुकोल्ज्स् २१।५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। समान अंक चारमा सक्सेस श्रेष्ठले २०।५ बुकोल्ज्स् प्राप्त गरेका छन्। यस्तै समान ४ अंकमा शंकर प्रसाद घिमिरे तेस्रो, शिव श्रेष्ठ चौथो र सुरज लामा पाँचौ स्थानमा रहन सफल भएका छन्।

यसैगरी महिला तर्फ नेपाली चेली बिनिता कपाली प्रथम , सिन्दिरा जोशी दोश्रो र भारतका वैष्णवी प्रकाशले तेस्रो स्थान हासिल गरेका छन। खेलमा ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागी रहेको प्रतियोगितामा अनरेटेड तर्फ सुमित जोशी, नवीन वैद्य, अमित कुमार यादव क्रमशः शीर्ष तिन स्थानमा आएका छन्। सिनियर खेलाडी तर्फ नवीन तण्डुकार, मोहन सिं प्रधान, बसन्त श्रेष्ठ शीर्ष तिन , इलो १८ सय प्रेम खड्का, अर्मान सिद्दिकि, सुशील सुवेदी, इलो १६ सयमा विनोद तिमल्सिना, साहिद हुसेन, राजकुमार राई शीर्ष तिनमा छन्।

यस्तै युवा १८ वर्षमा महाज इकबाल, आभाष कुमार श्रेष्ठ, सात्विक मान तुलाधर शीर्ष तिन , अन्डर युवा १६ प्रखर त्रिपाठी, प्रविण केसि, शाश्वत श्रेष्ठ शीर्ष तिनमा रहन सफल भएका छन्। यसैबीच आज सम्पन्न पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विजेता खेलाडीलाई नगद रु। २ लाख ३७ हजार पुरस्कार तथा आकर्षक ट्रफि , मेडल वितरण गरेका छन्।

मेयर श्री राजन श्रेष्ठले विदुर नगरपालिका खेलक्षेत्रमा महत्वाकांक्षी रुपमा अगाडि बढिरहेको सुनाउदै मेयर कप बौद्धिक बुद्धिचाल प्रतियोगिता निरन्तर हुने जानकारी समेत गराएका छन्।विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीको समेत उपस्थिति रहेको कार्यक्रममा उनले बुद्धिचाल खेल र अरु खेललाई नगरपालिकाले मञ्च उपलब्ध गराउदै जाने प्रतिबद्धता जाहेर गरेका छन्।

नुवाकोट जिल्ला चेस संघ अध्यक्ष प्रकाश जोशीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा विदुर नगरपालिका वडा नं. १ का अध्यक्ष लेनिन रञ्जितले नुवाकोटमा बुद्धिचाल खेलको लामो इतिहास रहेको जानकारी गराएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register