एनआरटीलाई हराउँदै आयोजक केपी एफसी सेमिफाइनलमा
काठमाडौं । न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै आयोजक टोली जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलको एनआरटीलाई १–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो । केपी एफसीका लागि सुरज ज्यु ठकुरीले निर्णायक गोल गरे । उनले खेलको ६३औं मिनेटमा डिबक्स […]

काठमाडौं । न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै आयोजक टोली जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलको एनआरटीलाई १–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।
केपी एफसीका लागि सुरज ज्यु ठकुरीले निर्णायक गोल गरे । उनले खेलको ६३औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ ।
What's Your Reaction?






