रास्वपामाथि भिषण आक्रमण भइरहेको छ : उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीमाथि भिषण आक्रमण भइरहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै वाग्लेले यस्तो बताएका हुन् । उनले भने, “नयाँ शक्तिहरु चार चरणमा गुज्रिएको पाइन्छ । पहिलो बेवास्ता गर्ने, दोस्रो खिसीटिउरी गर्ने, तेस्रो आक्रमण गर्ने, हाम्रो पार्टीमा पनि त्यही भइरहेको छ । भिषण […]

Jan 31, 2025 - 09:49
 0
रास्वपामाथि भिषण आक्रमण भइरहेको छ : उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीमाथि भिषण आक्रमण भइरहेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

उनले भने, “नयाँ शक्तिहरु चार चरणमा गुज्रिएको पाइन्छ । पहिलो बेवास्ता गर्ने, दोस्रो खिसीटिउरी गर्ने, तेस्रो आक्रमण गर्ने, हाम्रो पार्टीमा पनि त्यही भइरहेको छ । भिषण आक्रमण भइरहेको छ । चौथो चरण भनेको चाँडै आउँछ ।”

नयाँ दलप्रति यस्तो आक्रमण हुनु जनतालाई निराश बनाउने काम मात्र भएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register