रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सिरहाकी रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन भएको छ । माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले सोमबार प्रदर्शन गरेको हो । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कु गत माघ ३० मा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु ६ घण्टासम्म बेपत्ता […]

Feb 24, 2025 - 11:52
 0
रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सिरहाकी रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन भएको छ ।

माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले सोमबार प्रदर्शन गरेको हो ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कु गत माघ ३० मा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धान गर्न ८ जनालाई पक्राउ गरिसकेको छ ।

हेरौँ, तस्वीरहरू-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register