ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटनामा छानबिन गर्न समिति गठन

काठमाडौं । नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटनाको छानबिन गर्न समिति गठन भएको छ । बुधबार नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका थिए । घटनाबारे छानबिन गर्न एसपी पदमबहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक डीएसपी र जिल्ला […]

May 15, 2025 - 11:10
 0
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटनामा छानबिन गर्न समिति गठन

काठमाडौं । नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

बुधबार नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका थिए ।

घटनाबारे छानबिन गर्न एसपी पदमबहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एक इन्स्पेक्टर सदस्य पनि छन् ।

कुटपिटको भिडिओ आएपछि दुवै जनाको जिम्मेवारीबाट खोसिएको छ । इन्स्पेक्टर साहले जवानले नागढुंगामा आउँदै गरेको भारतीय गाडी चालकसँग लेनदेन गरेको आरोप लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register