एलन मस्कको सम्पत्ति २ महिनामै १ खर्ब डलरले घट्यो

काठमाडौँ । विश्वकै धनाढ्य व्यक्ति एलन मस्कको सम्पत्ति २ महिनामा १ खर्ब डलरले घटेको छ ।  टेस्लाको सेयर मूल्यमा भारी गिरावट आएपछि मस्कको सम्पत्ति पनि घटेको हो । डिसेम्बर १६ यता २ महिनाको अवधिमा मस्कको सम्पत्ति १ खर्ब डलरले घटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको सेयर भाउ घट्दा मंगलबार मात्रै […]

Feb 26, 2025 - 10:43
 0
एलन मस्कको सम्पत्ति २ महिनामै १ खर्ब डलरले घट्यो

काठमाडौँ । विश्वकै धनाढ्य व्यक्ति एलन मस्कको सम्पत्ति २ महिनामा १ खर्ब डलरले घटेको छ । 

टेस्लाको सेयर मूल्यमा भारी गिरावट आएपछि मस्कको सम्पत्ति पनि घटेको हो । डिसेम्बर १६ यता २ महिनाको अवधिमा मस्कको सम्पत्ति १ खर्ब डलरले घटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको सेयर भाउ घट्दा मंगलबार मात्रै मस्कको सम्पत्ति २२ अर्ब डलरले घटेको ब्लुमबर्गको तथ्यांकले देखाएको छ । पछिल्लो केही समययता टेस्लाको सेयर भाउ र मस्कको सम्पत्ति निरन्तर घटिरहेको छ । 

सम्पत्तिमा भारी गिरावट आए पनि मस्क अझै विश्वका धनाढ्य व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् । मस्कको कुल सम्पत्ति हाल ३ खर्ब ५८ अर्ब डलर छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register