ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला

काठमाडौँ । ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती बेट्सी अराकावा न्यू मेक्सिकोको सान्ता फेस्थित आफ्नो घरमा मृत फेला परेका छन् । न्यु मेक्सिकोको सान्ता फे काउन्टी शेरिफले  विज्ञप्तिमार्फत जानकारी दिदै जीन ह्याकम्यान र उनकी श्रीमती दुवै बुधबार दिउँसो सनसेट ट्रेलमा रहेको आफ्नो निवासमा मृत फेला परेको उल्लेख गरेको छ । ह्याकम्यान ९५ […]

Feb 27, 2025 - 11:51
 0
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला

काठमाडौँ ।

ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती बेट्सी अराकावा न्यू मेक्सिकोको सान्ता फेस्थित आफ्नो घरमा मृत फेला परेका छन् ।

न्यु मेक्सिकोको सान्ता फे काउन्टी शेरिफले  विज्ञप्तिमार्फत जानकारी दिदै जीन ह्याकम्यान र उनकी श्रीमती दुवै बुधबार दिउँसो सनसेट ट्रेलमा रहेको आफ्नो निवासमा मृत फेला परेको उल्लेख गरेको छ ।

ह्याकम्यान ९५ वर्षका थिए र उनकी श्रीमती ६३ वर्षकी थिइन् । सान्ता फे काउन्टी शेरिफ अदान मेन्डोजाले जोडी उनीहरुको कुकुरसहित मृत्यु भएको अवस्थामा भेटिएको बताएका छन् ।

ह्याकम्यानले आफ्नो छ दशकभन्दा बढीको करियरमा, उनले दुई एकेडेमी अवार्ड, दुई बाफ्टा, चार गोल्डेन ग्लोब र एक स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरेका थिए ।

ह्याकम्यानले विलियम फ्राइडकिनको १९७१ को थ्रिलर द फ्रेन्च कनेक्सनमा जिमी “पोपे” डोयलको भूमिकाको लागि ओस्कार जितेका थिए, र १९९२ मा क्लिन्ट इस्टवुडको वेस्टर्न फिल्म अनफर्गिभनमा लिटिल बिल ड्यागेटको भूमिकाको लागि सर्वश्रेष्ठ सहायक अभिनेताको लागि अर्को पुरस्कार जितेका थिए ।

उनका अन्य ओस्कार-नामांकित भूमिकाहरू १९६७ को चलचित्र बोनी एण्ड क्लाइड, बक ब्यारोको रूपमा, १९७० को आई नेभर सङ फर माई फादर, र मिसिसिपी बर्निङ (१९८८) मा एजेन्टको रूपमा थिए ।

ह्याकम्यानले १९७० र १९८० को दशकमा लेक्स लुथरसहित कैयौं सुपरम्यान चलचित्रहरूमा अभिनय गरेका थिए ।

उनले हिट चलचित्रहरू रनअवे जूरी र द कन्जर्भेसन, साथै वेस एन्डरसनको द रोयल टेनेनबम्समा पनि अभिनय गरेका थिए । उनले अभिनय गरेको ठूलो पर्दाको फिल्म २००४ मा वेलकम टु मुसपोर्टमा मोनरो कोल रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register