अमेरिका: आवासीय क्षेत्रमा विमान खस्यो, १५ घरमा आगलागी

काठमाडौँ। अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान आवासीय क्षेत्रमा खसेको छ । दुर्घटना आवासीय क्षेत्रमा भएको र धेरै घर तथा कारमा आगलागी भएको बीबीसीले जनाएको छ । बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान खसेको स्थानीय अधिकारीले बताएका छन् । विमान खस्दा करिब १५ घरमा आगलागी भएको छ । […]

May 22, 2025 - 16:49
 0
अमेरिका: आवासीय क्षेत्रमा विमान खस्यो, १५ घरमा आगलागी

काठमाडौँ।

अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान आवासीय क्षेत्रमा खसेको छ । दुर्घटना आवासीय क्षेत्रमा भएको र धेरै घर तथा कारमा आगलागी भएको बीबीसीले जनाएको छ ।

बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान खसेको स्थानीय अधिकारीले बताएका छन् । विमान खस्दा करिब १५ घरमा आगलागी भएको छ । धेरै ब्लकमा बस्ने अरूले आफ्नो घर खाली गर्नुपरेको छ ।

तर अहिलेसम्म यस दुर्घटनामा कोही घाइते भए वा विमानमा को-को सवार थिए भन्ने कुरा थाहा भएको छैन । सङ्घीय उड्डयन प्रशासनले दुर्घटनाग्रस्त विमानको मोडेलअनुसार ६ देखि ८ जनासम्म यात्रु बोक्न सक्ने बताएको छ । -बीबीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register