प्रेस चौतारी नेपालको महाधिवेशन मिति सर्‍यो 

काठमाडौँ ।  प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन सरेको छ ।   कोशी प्रदेशको राजधानी विराटगरमा यही फागुन २५–२७ मा गर्ने निर्णय भएको अधिवेशन चैतमा सरेको छ । संगठनका महासचिव हीरामान लामाले जारी गरेका  विज्ञप्ति अनुसार अधिवेशन अब चैत १०–१२ गते कोशी प्रदेशको राजधानी विराटगरमा नै गर्ने निर्णय गरेको छ । महाधिवेशनको नेकपा एमालेका अध्यक्ष […]

Feb 27, 2025 - 14:42
 0
प्रेस चौतारी नेपालको महाधिवेशन मिति सर्‍यो 

काठमाडौँ । 

प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन सरेको छ ।  

कोशी प्रदेशको राजधानी विराटगरमा यही फागुन २५–२७ मा गर्ने निर्णय भएको अधिवेशन चैतमा सरेको छ । संगठनका महासचिव हीरामान लामाले जारी गरेका  विज्ञप्ति अनुसार अधिवेशन अब चैत १०–१२ गते कोशी प्रदेशको राजधानी विराटगरमा नै गर्ने निर्णय गरेको छ ।

महाधिवेशनको नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सूचनाको हकको प्रवर्द्धन, श्रमजीवी पत्रकारको पेसागत हकहित, पत्रकारको दक्षता अभिवृद्धि र व्यावसायिक पत्रकारिताको संवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गौरवमयी इतिहास यहाँहरूलाई अवगत नै छ, तसर्थ प्रेस चौतारी नेपालको १० औँ महाधिवेशनलाई हामी श्रमजीवी पत्रकारहरूको उत्सवको रूपमा सम्पन्न गर्न चाहन्छौँ यसलाई भव्यताको साथ सम्पन्न गर्नका लागि यहाँहरूको साथ, सहयोग र शुभेच्छाको लागि हार्दिक अपिल समेत गर्दछौँ’, लामाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register