पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण रद्द भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो । खेल हुन नसकेपछि दुवै टोलीले समान १ अङ्क बाँडेका छन् । पाकिस्तान र बङ्गलादेश पहिले नै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् । आयोजक पाकिस्तानले यस […]

Feb 28, 2025 - 02:31
 0
पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो । खेल हुन नसकेपछि दुवै टोलीले समान १ अङ्क बाँडेका छन् ।

पाकिस्तान र बङ्गलादेश पहिले नै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।

आयोजक पाकिस्तानले यस प्रतियोगितामा आफ्नो पहिलो खेल न्युजिल्यान्डविरुद्ध खेलेको थियो, जसमा उसले हार व्यहोर्नुपरेको थियो । दोस्रो खेलमा भारतविरुद्ध पनि पराजय व्यहोरेको थियो ।

त्यस्तै, बङ्गलादेशले पनि भारत र न्युजिल्यान्डसँग नै पराजित भएको थियो ।

गत मङ्गलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register