भूकम्पः आत्तिएर भाग्दा कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो

काठमाडौँ । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा काठमाडौँ आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्पबारे प्राप्त अपडेट अनुसार भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।  भूकम्पको धक्काले सिन्धुपाल्चोकमा सामान्य क्षति पुगेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण […]

Feb 28, 2025 - 02:28
 0
 भूकम्पः आत्तिएर भाग्दा कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो

काठमाडौँ । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा काठमाडौँ आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । 

भूकम्पबारे प्राप्त अपडेट अनुसार भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । 

भूकम्पको धक्काले सिन्धुपाल्चोकमा सामान्य क्षति पुगेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार भूकम्पका कारण कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने आत्तिएर भाग्ने क्रममा एक जना कैदीको हात भाँचिएको छ । 

त्यस्तै, भूकम्पका कारण भोटेकोशी गाउँपालिका-३ स्थित दुगुनागढीमा पहिरो खसेको छ भने अन्य घर तथा भौतिक संरचनामा सामान्य क्षति पुगेको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुला स्थानमा आत्तिएर निस्केका थिए । भूकम्पबारे थप विवरण आउन बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register