बियर खाने बढेपछि ६ महिनामै उठ्यो १७ अर्ब २५ करोड राजस्व

काठमाडौँ । नेपालमा बियर खानेहरु बढेका छन् । बियर खानेहरु बढेपछि चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा नेपालमा बियरको खपत ३८.३१ प्रतिशतले बढेको छ ।  बियरको खपत बढेसँगै सरकारले बियरबाट मात्रै ६ महिनामा १७ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।  गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बियर, मदिरा र सुर्तीजन्य […]

Feb 28, 2025 - 10:31
 0
बियर खाने बढेपछि ६ महिनामै उठ्यो १७ अर्ब २५ करोड राजस्व

काठमाडौँ । नेपालमा बियर खानेहरु बढेका छन् । बियर खानेहरु बढेपछि चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा नेपालमा बियरको खपत ३८.३१ प्रतिशतले बढेको छ । 

बियरको खपत बढेसँगै सरकारले बियरबाट मात्रै ६ महिनामा १७ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बियर, मदिरा र सुर्तीजन्य पदार्थको उत्पादन र खपत दुवै बढेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षको ५ महिनामा १२ अर्ब ४७ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा मदिरा उत्पादनबाट मात्रै १५ अर्ब २६ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ । त्यस्तै, सुर्तिजन्य पदार्थबाट चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकी गत आर्थिक वर्षमा सुर्तीजन्य पदार्थबाट १२ अर्ब ९२ करोड राजस्व उठेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register