२४ गते रामनवमी, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को बैठकले चैत २४ गते परेको राम नवमीमा बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । सो […]

Mar 19, 2025 - 08:35
 0
२४ गते रामनवमी, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को बैठकले चैत २४ गते परेको राम नवमीमा बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

सो दिन सरकारी कार्यालय, बैंक वित्तीय संस्था तथा नेप्से पनि बन्द रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register