के तातोपानीमा दुईचम्चा रम मिसाएर पिउँदा रुघाखोकीबाट राहत मिल्छ ?

एजेन्सी । रुघाखोकी लागेको समयमा तातोपानीमा दुई चम्चा रम मिसाएर सेवन गर्दा फाइदा हुन्छ भनेको त हामीले सुनेका छौँ । यद्यपि यसबारे कुनै अनुसन्धान भएको छैन, तर यसमा कति सत्यता छ भन्ने जानौँ । रक्सीसँग सम्बन्धित एउटा वेबसाइटले रमका १० स्वास्थ्य फाइदाहरूको दाबी गर्छ, जसमध्ये एउटा रुघाखोकीमा राहत पनि हो । लामो समयदेखि हामीले सुन्दै […]

Feb 28, 2025 - 10:34
 0
के तातोपानीमा दुईचम्चा रम मिसाएर पिउँदा रुघाखोकीबाट राहत मिल्छ ?

एजेन्सी । रुघाखोकी लागेको समयमा तातोपानीमा दुई चम्चा रम मिसाएर सेवन गर्दा फाइदा हुन्छ भनेको त हामीले सुनेका छौँ । यद्यपि यसबारे कुनै अनुसन्धान भएको छैन, तर यसमा कति सत्यता छ भन्ने जानौँ ।

रक्सीसँग सम्बन्धित एउटा वेबसाइटले रमका १० स्वास्थ्य फाइदाहरूको दाबी गर्छ, जसमध्ये एउटा रुघाखोकीमा राहत पनि हो । लामो समयदेखि हामीले सुन्दै आएका छौँ कि रुघाखोकी लाग्दा सीमित मात्रामा रम सेवन गर्दा यसले फाइदा गर्छ । आखिर यसमा सत्यता के छ ? तथ्यले के भन्छ ? के वास्तवमै यस्तो हुन्छ ?

रमलाई सबैभन्दा पुरानो ब्रान्डेड स्पिरिट मानिन्छ । १७औं शताब्दीमा क्यारिबियनमा यसको उत्पत्तिदेखि अहिले यो विश्वभर पाइन्छ । खोकीको लागि रम पिउने सबैभन्दा सामान्य तरिका एक ककटेल हो, जसलाई दालचिनी र स्टार मसाला मिसाएर बनाइन्छ ।

रमले रुघाखोकीमा फाइदा गर्छ ?

रम वा ब्रान्डी पिउँदा घाँटीको खसखस हट्छ भन्ने मानिन्छ । पुरानो समयका उपचारहरू जे भए पनि वा यसबारे जे भनिए पनि चिकित्सकले उपचारको रूपमा कहिल्यै पनि कसैलाई कुनै प्रकारको रक्सी पिउन सल्लाह दिँदैनन् ।

चिकित्सककाअनुसार तातो पानीसँग रम पिउँदा केवल लक्षणहरूमा राहत मिल्छ । यसको सेवनबाट हुने जोखिमहरू यसको फाइदाभन्दा धेरै बढी छन् ।

नयाँ दिल्लीको सर गङ्गाराम अस्पतालका मेडिसिन विभाग प्रमुख डा. अतुल कक्कड भन्छन्, “यसले तपाईंलाई केही न्यानो महसुस गराउँछ, जसले लक्षणहरूमा राहत दिन्छ । यसको प्रयोग रुघाखोकी जस्तो कुनै पनि भाइरल सङ्क्रमणको उपचारको लागि गरिँदैन । नियमित रूपमा रम सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता कम हुन सक्छ ।”

यसको साटोमा जडीबुटी चिया पिउन चिकित्सकहरूले सुझाव दिन्छन् । सन् २००८ मा गरिएको एक अध्ययनले तातो पेय पिउँदा खोकी, रुघा र हाछ्युँको लक्षणहरूबाट तुरुन्तै राहत मिल्ने कुरा बताएको छ ।

जाडोमा रुघाखोकी वा खोकी लाग्दा पर्याप्त मात्रामा पानी पिउनुहोस्, पर्याप्त आराम गर्नुहोस्, तातो तरल पदार्थ पिउनुहोस् र बाफ लिने प्रयास गर्नुहोस्, किनकि चिकित्सकहरूका अनुसार यी उपाय रम वा ब्रान्डी पिउनुभन्दा धेरै प्रभावकारी छन् ।

तातो पानीसँग रम लिँदा रुघाखोकीमा केही राहत दिनसक्छ, तर यसलाई सावधानीपूर्वक लिनुपर्छ । रममा अल्कोहल हुन्छ, जसले सुरुमा शरीरलाई न्यानोपनको अनुभूति दिलाउन सक्छ र घाँटीको खसखस वा बन्द नाकमा अस्थायी राहत दिन सक्छ । बन्द नाक खोल्न मद्दत गर्छ । तर, ध्यान राख्नुहोस् अल्कोहलले शरीरलाई डिहाइड्रेट गर्न सक्छ, जसले गर्दा रुघाखोकी झन् बिग्रन पनि सक्छ । यसले निद्राको गुणस्तरमा असर पार्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register