बालेनको स्टाटसपछि शंकर पोखरेलको प्रतिक्रिया : विशेष व्यवस्था गरेर भए पनि कार्यकारी अधिकृत पठाउनु पर्छ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयलाई लिएर फेसबुकमा स्टाटस लेखेको केही समयपछि एमाले महासचिव शंकर पोखरेलले पनि धारणा सार्वजनिक गरेका छन् । महासचिव पोखरेलले पनि फेसबुकमार्फत स्टाटस लेखेर महानगरमा विशेष व्यवस्था गरेर भए पनि कार्यकारी अधिकृत पठाउनु पर्ने धारणा राखेका हुन् । पोखरेलले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरको मेयर […]

Feb 28, 2025 - 16:25
 0
बालेनको स्टाटसपछि शंकर पोखरेलको प्रतिक्रिया : विशेष व्यवस्था गरेर भए पनि कार्यकारी अधिकृत पठाउनु पर्छ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयलाई लिएर फेसबुकमा स्टाटस लेखेको केही समयपछि एमाले महासचिव शंकर पोखरेलले पनि धारणा सार्वजनिक गरेका छन् ।

महासचिव पोखरेलले पनि फेसबुकमार्फत स्टाटस लेखेर महानगरमा विशेष व्यवस्था गरेर भए पनि कार्यकारी अधिकृत पठाउनु पर्ने धारणा राखेका हुन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन । कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।’

त्यसअघि फेसबुकमा छोटो सम्बोधनसहित बालेनले लेखेको स्टाटसमा भनिएको छ, ‘प्रधानमन्त्री ज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ । हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे । मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला ।’

काठमाडौं महानगरमा संघिय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएको झोँकमा मेयर बालेनले यस्तो स्टाटस लेखेका हुन् । महानगर ५ पुसदेखि प्रमुख प्रशासकीय अधिकृतविहिन छ । प्रमुख प्रशासकिय अधिकृत नहुँदा महानगरका कर्मचारीले दूई महिनाको तलब पाएका छैनन् ।

तलब नपाउँदा सरसफाई कर्मचारी र तल्लो पदमा काम गर्ने कर्मचारीहरुलाई घर धान्न मुस्किल भइरहेको । मेयरको सचिवालयका अुनसार कर्मचारीहरुले तलब नहुँदा दैनिकी चलाउन मुस्किल भएको गुनासो गरिरहेका छन् ।

यता महानगरले भने २४ पुसमा नै संघिय सरकारलाई पत्र लेखेर प्रमुख प्रशासकीय अधिकृत पठाउन अनुरोध गरेको थियो । तर, अहिलेसम्म संघ सरकारले काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register