विश्व श्रव्य–दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन मुम्बईमा सम्पन्न

मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा विश्व श्रव्य–दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) ‘ग्लोबल मिडिया डाइलग : २०२५’  सम्पन्न भएको छ । मे १–४ मा आयोजित सम्मेलनमा ९० भन्दा बढी सदस्य देशबाट सरकारी अधिकारीसहित करिब १० हजार सम्बन्धित क्षेत्रका प्रतिनिधि सहभागी थिए । आयोजकका अनुसार एक हजारभन्दा बढी कृयटर, तीनसय भन्दा बढी कम्पनी र साढे तीन […]

May 6, 2025 - 10:53
 0
विश्व श्रव्य–दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन मुम्बईमा सम्पन्न

मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा विश्व श्रव्य–दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) ‘ग्लोबल मिडिया डाइलग : २०२५’  सम्पन्न भएको छ ।

मे १–४ मा आयोजित सम्मेलनमा ९० भन्दा बढी सदस्य देशबाट सरकारी अधिकारीसहित करिब १० हजार सम्बन्धित क्षेत्रका प्रतिनिधि सहभागी थिए । आयोजकका अनुसार एक हजारभन्दा बढी कृयटर, तीनसय भन्दा बढी कम्पनी र साढे तीन सयभन्दा बढी ‘स्टार्टअप’ ले शिखर सम्मेलनमा भाग लिएका छन्।  सम्मेलनमा नेटफ्लिक्स, अमेजन, गुगल, मेटा, सोनी, रियायन्स, टाटाजस्ता विश्वका अग्रणी संस्था र कम्पनीका प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको उद्घाटन गर्दै ‘हज्जारौँ वर्ष लामो संमृद्ध परम्परा रहेको भारतले कथावाचनमार्फत् विश्वको सेवा गरिरहेको’ बताए । प्रधानमन्त्री मोदीले ‘भारत छिट्टै विश्वको पाँचौबाट तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रयासमा रहेको भन्दै त्यसमा यस क्षेत्रको विशिष्ट योगदान रहने’ अपेक्षा व्यक्त गरे ।

सम्मेलनलाई भारतीय विदेशमन्त्री एस. जयशंकरले विशेष सम्बोधन गरेका थिए । उनले ‘सम्मेलनबाट विश्वभरिका सृजक, नीति निर्माता, लेखक, कलाकार, उत्पादक सबैलाई एक ठाउँका ल्याएर परस्पर सहयोग र सहकार्यमार्फत् यो क्षेत्रलाई अघि बढाउन योगदान पुग्ने’ विश्वास व्यक्त गरेका थिए ।

साथै, विदेशमन्त्री जयशंकरले अडियो, भिजुअल उत्पादनमा ‘परम्परा, सम्पदा, विचार र अभ्यासलाई सृजनशील तरिकाले स्थान’ दिन आग्रह गरे । परम्परा र प्रविधि सँगसँगै अघि बढ्नु पर्नेमा उनको विशेष जोड थियो । उनले वेभ्स यस क्षेत्रको नेतृत्वदायी विश्व मञ्च बन्ने विश्वास समेत व्यक्त गरे ।

उद्घाटन समारोहमा भारतका धनाढ्य व्यक्ति मुकेश अम्बानीकी पत्नी नीता अम्बानीले  विश्वले अहिले भारतको संस्कृतिलाई अंगिकार गरिरहेको बताएकी थिइन ।

सम्मेलनको अन्त्यमा १३ बुँदे घोषणा–पत्र जारी गरिएको छ । घोषणापत्रमा सहभागी देशका सरकारका प्रतिनिधिले मनोरञ्जन क्षेत्रलाई स्वतन्त्रता, सृजनशीलता र विश्व सामञ्जस्यता प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैश्विक मिडिया पर्यावरणलाई ‘समाज, बजार र पृथ्वीको हित र फाइदाका लागि सृजनशीलता, संस्कृति र सहकार्यको सिद्धान्त अनुरूप उपयोग गर्ने’ प्रतिबद्धता समेत घोषणा–पत्रमा उल्लेखित छ ।

मानवय कल्याण र संस्थागत विकासमार्फत् दीगो विकास लक्ष्य हासिल गरी विश्व शान्ति, संमृद्धि र प्रगतिलाई सुनिश्चित गर्न मिडिया क्षेत्रले योगदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register