व्यवसायी सदस्य राहत कोषमा सुवास धमलाले दिए २१ हजार

झापा, १८ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा रकम जुट्ने क्रम जारी छ । व्यवसायीको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको संघको कोषमा सुवास ज्वेलर्सका सञ्चालक सुवास धमलाले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा सहयोग रकम प्रदान गरेका हुन् [...] The post व्यवसायी सदस्य राहत कोषमा सुवास धमलाले दिए २१ हजार appeared first on Jhapa Online.

Mar 2, 2025 - 00:38
 0
व्यवसायी सदस्य राहत कोषमा सुवास धमलाले दिए २१ हजार

झापा, १८ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा रकम जुट्ने क्रम जारी छ ।

व्यवसायीको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको संघको कोषमा सुवास ज्वेलर्सका सञ्चालक सुवास धमलाले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा सहयोग रकम प्रदान गरेका हुन् । संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई सो रकम धमलाले हस्तान्गरण गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमकाबीच कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याउने धमलालाई कदरपत्रद्वारा सम्मान प्रदान गरिएको छ । संघका अध्यक्षसहित पदाधिकारी र सदस्यले धमलाको सु स्वास्थ्य र दीर्घयूको कामना गर्दै सम्मान गरेका हुन् । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

The post व्यवसायी सदस्य राहत कोषमा सुवास धमलाले दिए २१ हजार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register