एनएसएल सुपर लिगका लागि झापा एफसीको तयारी पूरा

बिर्तामोड, १८ फागुन । काठमाडौंको दशरथ रंगशालामा चैत्र १६ गतेदेखि सुरु हुन लागेको एनएसएल सुपर लिगमा पूर्वको प्रतिनिधित्व गर्दै झापा एफसीले पूर्वतयारी सार्वजनिक गरेको छ । लिगमा झापा एफसीको तयारी तथा भावी योजना सार्वजानिक गराउने उद्देश्यले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा देशको फुटबल खेल राजधानीमै सीमित भइरहेको अवस्थामा खेल क्षेत्र विकेन्द्रीकरण [...] The post एनएसएल सुपर लिगका लागि झापा एफसीको तयारी पूरा appeared first on Jhapa Online.

Mar 2, 2025 - 00:38
 0
एनएसएल सुपर लिगका लागि झापा एफसीको तयारी पूरा

बिर्तामोड, १८ फागुन । काठमाडौंको दशरथ रंगशालामा चैत्र १६ गतेदेखि सुरु हुन लागेको एनएसएल सुपर लिगमा पूर्वको प्रतिनिधित्व गर्दै झापा एफसीले पूर्वतयारी सार्वजनिक गरेको छ ।

लिगमा झापा एफसीको तयारी तथा भावी योजना सार्वजानिक गराउने उद्देश्यले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा देशको फुटबल खेल राजधानीमै सीमित भइरहेको अवस्थामा खेल क्षेत्र विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिनुहुँदै झापा एफसीका अध्यक्ष अर्पण खड्काले फुटबल लिग होम एण्ड अवेको अवधारणामा आधारित भए मात्र देशको फुटबलको विकास, प्रवर्द्धन र व्यवासायिकतामा परिवर्तन आउने बताउनुभयो । उहाँले यो पटक एनएसएल सुपर लिग च्याम्पियन बन्ने लक्ष्यका साथ रणनिति तयारी गरेको बताउनुभयो।

झापा एफसीले आई लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका मिडफिल्डर लकेन लिम्बूलाई समावेश छ भने टिममा आशिष गुरुङ, एञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राई, अविनाश स्याङ्तन र दिपेश धिमाल पनि समावेश छन् । टिममा विदेशी खेलाडी उज्वेकिस्तानका युवा टिमबाट खेलिसकेका डिफेन्डर अजमत अब्दुल्लेभलाई पनि अनुबन्ध गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

टिमको प्रमुख प्रशिक्षकमा प्रवेश कटुवाल , गोलकिपिङ कोचको रुपमा मीन बस्नेत र सहायक प्रशिक्षकका रुपमा कुमार गिरी रहेका छन् भने क्लबलको ब्राण्ड एम्बेसडरका रुपमा राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्कालाई पुनः राखेको हो । आयोजित औपचारिक कार्यक्रममा झापा गोल्डकपका पूर्व अध्यक्ष महेन्द्र गिरी ,झापा फुटबल संघका अध्यक्ष भगिरात आले मगर,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी ,विर्तामोड नगर पालिका उपप्रमुख नरेन्द्र संग्रौला लगायतले क्लबलाई शुभकामना दिनुहुँदै आफ्ना धारणा राख्नुभएको थियो ।

The post एनएसएल सुपर लिगका लागि झापा एफसीको तयारी पूरा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register