बढ्यो पेट्रोलियम पदार्थको मूल्य

झापा, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा [...] The post बढ्यो पेट्रोलियम पदार्थको मूल्य appeared first on Jhapa Online.

Jan 31, 2025 - 15:59
 0
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

झापा, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल–मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।

The post बढ्यो पेट्रोलियम पदार्थको मूल्य appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register