कनकाईमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर, ८० बढीको उपचार

चन्द्र बस्नेतकनकाई, ११ फागुन । झापाको कनकाई नगरपालिकामा सामुदायिक कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । कनकाई नगरपालिकाले गएका वर्षमा जस्तै यस वर्ष पनि २ दिवसीय बन्ध्याकरण शिविर सम्पन्न गरेको हो । शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याएको र बन्ध्याकरणसँगै रेबिजविरुद्धको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि र [...] The post कनकाईमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर, ८० बढीको उपचार appeared first on Jhapa Online.

Feb 23, 2025 - 00:52
 0
कनकाईमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर, ८० बढीको उपचार

चन्द्र बस्नेत
कनकाई, ११ फागुन ।
झापाको कनकाई नगरपालिकामा सामुदायिक कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । कनकाई नगरपालिकाले गएका वर्षमा जस्तै यस वर्ष पनि २ दिवसीय बन्ध्याकरण शिविर सम्पन्न गरेको हो ।

शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याएको र बन्ध्याकरणसँगै रेबिजविरुद्धको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि र उपचार गरेर छोडिएको पशुपंछी तथा मत्स्य विकास शाखाका भेट्नेरी अधिकृत कुल बहादुर गुरुङले जानकारी दिनुभयो ।

नेपाल एग्रिभस्ट्क ट्रेनिङ्ग एन्ड रिसर्च सेन्टर ईटहरी सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा योपटक ८० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको भेट्नेरी अधिकृत गुरुङले जानकारी दिनुभयो । नगर भेटनेरी अधिकृत गुरुङले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्य रुपमा शिविर आयोजना गरे मात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । शिविरमा ३ जना डक्टरसहित १० जनाको टिम सुनसरीबाट आएको र नगर बाट भेट्नेरी अधिकृत सहित ३ जनाको टिम खटिएको थियोे ।

कनकाई नगरमा करिब २ हजार बढी सामुदायिक कुकुर रहेको र यस्तो शिविरलाई नगर तथा वडाहरुले थप चासो देखाई प्रतेक वर्ष बजेट बढाई यस्ता शिविर हरेक वडा वडामा सञ्चालन गरी जोखिमबाट बच्न स्थानीय अग्रज जयनारायण चुडालको भनाई छ ।

सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाई गोरुलाई टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर सञ्चालन गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

नगरमा कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका नगरबासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउने उद्देश्यका साथ पशु शिविर समेत सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले बढी भन्दा बढी नगरबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरवासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएको बताउनुभयो।

कनकाई नगरपालिकाले २०७४ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको र हालसम्ममा करिब २ हजारभन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको जनाइएको छ ।

The post कनकाईमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर, ८० बढीको उपचार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register