झापा र मोरङबाट लागूऔषधसहित आठ जना पक्राउ

झापा, २६ फागुन । झापा र मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बेलबारी-११ का २७ बर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ बर्षीय आर्यन [...] The post झापा र मोरङबाट लागूऔषधसहित आठ जना पक्राउ appeared first on Jhapa Online.

Mar 10, 2025 - 07:04
 0
झापा र मोरङबाट लागूऔषधसहित आठ जना पक्राउ

झापा, २६ फागुन । झापा र मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २५ गते मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बेलबारी-११ का २७ बर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ बर्षीय आर्यन राजधामीलाई १० ग्राम १३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाइ-४ का २५ बर्षीय सुरज ताजपुरीया, २६ बर्षीय बिक्रम चौधरी र २६ बर्षीय अशोक गुरुङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ, भने प्रतिबन्धित लागुऔषध Pyeevon Spas Plus २८८ ट्याब्लेट सहित बुढीगंगा-५ का २७ बर्षीय मोहमद नवाफलाई इलाका प्रहरी कार्यालय नेमुवाले र झापाको भद्रपुर नगरपालिका-५ स्थित लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित मेचिनगर नगरपालिका-१० का २६ बर्षीय प्रकाश यादव र ३२ बर्षीय साकिर महमदलाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

The post झापा र मोरङबाट लागूऔषधसहित आठ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register