गाजामा भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् । “इजरायली सेनाले गाजा पट्टीको उत्तरमा रहेको बेइट हानौन सहरमा सैन्य ड्रोनद्वारा स्थानीयहरूको समूहलाई आक्रमण गरेर दुई प्यालेस्टाइनीको हत्या गरेको छ,” गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ । इजरायली सेनाले उत्तरी गाजामा सैन्य अड्डाहरू […]

Mar 2, 2025 - 16:56
 0
गाजामा भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् ।

“इजरायली सेनाले गाजा पट्टीको उत्तरमा रहेको बेइट हानौन सहरमा सैन्य ड्रोनद्वारा स्थानीयहरूको समूहलाई आक्रमण गरेर दुई प्यालेस्टाइनीको हत्या गरेको छ,” गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजामा सैन्य अड्डाहरू नजिक शङ्कास्पद गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई देखेको थियो ।

यसैबीच, स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले हवाई आक्रमणका कारण बेइट हानौनको पूर्वी क्षेत्रबाट सयौं परिवार विस्थापित भएको जानकारी दिए ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूका अनुसार, दक्षिणी गाजाको खान युनिसको पूर्वमा रहेको अल–फराहिन सहरमा इजरायली बमबारीपछि मेडिकल टोलीले एक महिलाको शव फेला पारे र दुई जना घाइतेको उपचार गरे ।

साथै, शहरको केन्द्रमा रहेको आफ्नो घरको छतमा उभिरहेको बेला इजरायली सेनाले गरेका आक्रमणमा परी एक युवकको मृत्यु भएको छ ।

इजरायली सेनाले खान युनिस र रफाहमा भएका घटनाहरूको बारेमा टिप्पणी गरेको छैन । इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएको एक दिन पछि यो घटना भएको हो ।

युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्ने छन् ।

युद्धविरामको पहिलो चरण सबै ठिकठाक कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता सुरु हुनेछ । यस क्रममा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ । युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्नेछ ।

तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ । पुनर्निर्माणको काम ३ देखि ५ वर्षभित्र सक्ने लक्ष्य छ । यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरुको शव पनि आदान–प्रदान गरिने छ । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register