चुनावी तयारीमा लाग्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् । भैरहवामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सिट सङ्ख्या बढाउने गरी चुनावी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टीमा केही असहमति भए त्यसलाई छलफलमार्फत समाधान गरिने भन्दै उनले एकताबद्ध रूपमा चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । “हामीबीच कतिपय कुरा […]

Mar 3, 2025 - 07:39
 0
चुनावी तयारीमा लाग्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।

भैरहवामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सिट सङ्ख्या बढाउने गरी चुनावी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीमा केही असहमति भए त्यसलाई छलफलमार्फत समाधान गरिने भन्दै उनले एकताबद्ध रूपमा चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । “हामीबीच कतिपय कुरा नमिलेका हुन सक्छन् । यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र गतिशील पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ,” देउवाले भने ।

उनले वर्तमान सरकार सफल हुने पनि दाबी गरेका छन् । सरकारमा काङ्ग्रेस र एमालेबाहेक अन्य दलको सहभागिता राम्रो पक्ष रहेको उनको मत छ । नेपालको शासनप्रणाली लोकतान्त्रिक र समावेशी रहेको देउवाको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register