ओली एण्ड एशोसिएट्सले गर्यो अभिभावकसँग अन्तरक्रिया

बिर्तामोड, २० फागुन । ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीले झापाको बिर्तामोडमा अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ओली एण्ड एशोसिएट्सले आज बिर्तामोडमा अध्ययनका लागि विदेश गएका विद्यार्थीका अभिभावकसँग प्रत्यक्ष भेटघाट गर्दै अन्तरक्रिया गरेको हो । एशोसिएट्सले अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यनाडालगायतका देशहरुमा जाने बिद्यार्थीका अभिभावकहरुलाई त्यहाँको अवस्था र सहनसहनका बिषयमा जानकारी गराउँदै त्यहाँ [...] The post ओली एण्ड एशोसिएट्सले गर्यो अभिभावकसँग अन्तरक्रिया appeared first on Jhapa Online.

Mar 4, 2025 - 03:01
 0
ओली एण्ड एशोसिएट्सले गर्यो अभिभावकसँग अन्तरक्रिया

बिर्तामोड, २० फागुन । ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीले झापाको बिर्तामोडमा अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ओली एण्ड एशोसिएट्सले आज बिर्तामोडमा अध्ययनका लागि विदेश गएका विद्यार्थीका अभिभावकसँग प्रत्यक्ष भेटघाट गर्दै अन्तरक्रिया गरेको हो ।

एशोसिएट्सले अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यनाडालगायतका देशहरुमा जाने बिद्यार्थीका अभिभावकहरुलाई त्यहाँको अवस्था र सहनसहनका बिषयमा जानकारी गराउँदै त्यहाँ रहेका बिद्यार्थीहरुको अवस्था बारे जानकारी गराएको थियो । ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सी बिर्तामोड शाखाका प्रमुख अशोक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीका संस्थापक भवानीप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिर्तामोड शाखा प्रमुख अधिकारीले गरेको कार्यक्रममा प्रमुख अतिथि भवानीले गएका बिद्यार्थीहरुको अवस्था, त्यहाँको वातावरण, रहनसहनलगायतका बिषयमा जानकारी गराएका थिए । आफु नेपाल आएको समयमा प्रत्यक्ष अभिभावक र कर्मचारीसँग भेटघाट र छलफल गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरेको संस्थापक भवानीले बताए ।

सोही कार्यक्रमकाबिच अभिभावक शान्तिराम पौडेल, गोपाल खड्कालगायतले आ–आफ्ना धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीका मार्केटिङ अफिसर ओजेश ओलीसहित बिर्तामोड शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कन्सल्टेन्सी बिर्तामोड शाखाकी फ्रन्ट डेक्स अफिसर विभूति चुडालले गरेकी थिइन् । कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

The post ओली एण्ड एशोसिएट्सले गर्यो अभिभावकसँग अन्तरक्रिया appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register