कनकाईको नीति तथा कार्यक्रम निर्माणमा माओवादी केन्द्रको सुझाव

कनकाई, ८ असार । नेकपा माओवादी केन्द्र कनकाई नगर समितिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि कनकाई नगरपालिकालाई लिखित सुझाव पेश गरको छ । आईतबार माओवादी केन्द्र कनकाई नगर अध्यक्ष विष्णु विमालीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई पार्टीको तर्फबाट लिखित सुझाव हस्तान्तरण गरेको हो । नगर प्रमुख पोखरेलको कार्यकक्षमा भएको संक्षिप्त [...] The post कनकाईको नीति तथा कार्यक्रम निर्माणमा माओवादी केन्द्रको सुझाव appeared first on Jhapa Online.

Jun 22, 2025 - 10:34
 0
कनकाईको नीति तथा कार्यक्रम निर्माणमा माओवादी केन्द्रको सुझाव

कनकाई, ८ असार । नेकपा माओवादी केन्द्र कनकाई नगर समितिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि कनकाई नगरपालिकालाई लिखित सुझाव पेश गरको छ ।

आईतबार माओवादी केन्द्र कनकाई नगर अध्यक्ष विष्णु विमालीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई पार्टीको तर्फबाट लिखित सुझाव हस्तान्तरण गरेको हो ।

नगर प्रमुख पोखरेलको कार्यकक्षमा भएको संक्षिप्त कार्यक्रममा बोल्दै पार्टीका नगर अध्यक्ष विमलीले पालिकाले नीति तथा कार्यक्रममा अल्पकालीन र दीर्घकालीन जनपक्षीय कार्यक्रम समावेश गर्न आग्रह गरे ।

छ वटा मुख्य बुँदा अन्तर्गत ४१ उपबुदा समेटिएको सुझाव पत्रमा शिक्षा-स्वास्थ्य र महिला सशक्तिकरण, कृषि र उत्पादन, रोजगारी र उद्यम विकास, आवास र पूर्वाधार योजना, वातावरणीय न्याय र दिगो विकास र पारदर्शिता र जनसहभागिता प्रवर्धन लाई मुख्य बुँदाको रुपमा उठाइएको छ।

पार्टीका नगर सचिव तेजबहादुर आचार्यले सञ्चालन गरेको संक्षिप्त कार्यक्रममा पार्टीका पूर्व नगर अध्यक्ष यमनाथ सेडाई, पार्टीका प्रदेश सल्लाहकार सदस्य वेद खतिवडा लगायत नगरका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सुझाव पत्र ग्रहण गर्दै नगरप्रमुख पोखरेलले माओवादी केन्द्रलाई धन्यवाद दिए । नगरको विकासका निमित्त राजनीतिक दलहरूबाट सुझाव माग गरिएको बताउँदै नगर प्रमुख पोखरेलले माओवादी केन्द्रले लिखित सुझाव नै उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरे । नगरको स्रोतले भ्याएसम्म माओवादी केन्द्रले उपलब्ध गराएका सुझावहरूलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता समेत नगर प्रमुख पोखरेलले व्यक्त गरे।

The post कनकाईको नीति तथा कार्यक्रम निर्माणमा माओवादी केन्द्रको सुझाव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register