बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सम्हाले कार्यभार

बिर्तामोड, २० फागुन । बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सोमबारदेखि कार्यभार सम्हाल्नु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यभार सम्हाल्नु भएको हो । प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद [...] The post बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सम्हाले कार्यभार appeared first on Jhapa Online.

Mar 4, 2025 - 02:52
 0
बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सम्हाले कार्यभार

बिर्तामोड, २० फागुन । बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सोमबारदेखि कार्यभार सम्हाल्नु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यभार सम्हाल्नु भएको हो । प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य जगतबन्धु राजवंशी, निर्मला ल्वागुन लगायत जनप्रतिनिधि र कर्मचारीहरुले खादा र टिका लगाएर स्वागत गर्नु भयो ।

स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न र कामसंगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिनु भयो । सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उहाँले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मिश्रले विकासको काममा पर्खेर नबस्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । जनप्रतिनिधि र प्रशासन विच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा जोड दिँदै उहाँले कर्मचारीलाई कुनै समस्या भए आफुसंग आएर कुरा गर्न सुझाब दिनुभयो । दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै उहाँले यहाँका समस्यासंग आफु परिचित रहेको पनि बताउनु भयो ।

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले जनप्रतिनिधि र कर्मचारी समन्वय गरेर बिर्तामोडमा उदाहरणीय ढंगले काम गर्नु पर्ने बताउनु भयो । उहाँले कर्मचारीमा कुनै समस्या भए कार्यपालिकामा राखेर छलफल गर्नेसमेत बताउनु भयो । यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बिर्तामोडको समृद्धिको लागि प्रमुख प्रशासकीयलाई पुर्णरुपमा सहयोग गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रसंग यस अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, अख्तियार अनुसन्धान आयोग, वाणिज्य विभाग, वीर अस्पताल लगायतका कार्यालयमा काम गरेको लामो अनुभव छ ।

The post बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सम्हाले कार्यभार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register