मड्रिड डर्बीमा रियलको बाजी, यस्तो छ अन्य तीन खेलको नतिजा

काठमाडौं । युराेपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गतको मड्रिड डर्बीमा साविक विजेता रियल म्याड्रिडले बाजी मारेको छ । बुधबार बिहान सान्टियागो बर्नाबाओमा भएको अन्तिक १६ को खेलमा स्पेनिस क्लब रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि २–१ गोलअन्तरको जित हासिल गरेको हो । रियलको जितमा मोरक्कोका खेलाडी ब्राहिम डियाजले निर्णायक गोल गरे । खेलमा घरेलु टोली रियलले चौथो मिनेटमै […]

Mar 5, 2025 - 01:20
 0
मड्रिड डर्बीमा रियलको बाजी, यस्तो छ अन्य तीन खेलको नतिजा

काठमाडौं । युराेपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गतको मड्रिड डर्बीमा साविक विजेता रियल म्याड्रिडले बाजी मारेको छ ।

बुधबार बिहान सान्टियागो बर्नाबाओमा भएको अन्तिक १६ को खेलमा स्पेनिस क्लब रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि २–१ गोलअन्तरको जित हासिल गरेको हो ।

रियलको जितमा मोरक्कोका खेलाडी ब्राहिम डियाजले निर्णायक गोल गरे ।

खेलमा घरेलु टोली रियलले चौथो मिनेटमै ब्राजिलियन खेलाडी रोड्रिगोको गोलमार्फत अग्रता लिएको थियो । तर अर्जेन्टाइन जुलियन अल्भारेजले ३२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर डियाजले ५५औं मिनेटमा गोल गरेपछि रियल विजयी भएको हो । यससँगै सर्वाधिक १५ पटकको विजेता रियलले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब अर्को हप्ता एट्लेटिको मैदानमा हुने खेलमा यही नतिजा कायम राखे रियल क्वार्टरफाइनलमा पुग्नेछ ।

बुधबार बिहान नै भएका अन्य खेलमा इङ्लिस क्लबहरू एस्टन भिल्ला र आर्सनल विजयी भए । जर्मन क्लब बोरुसिया डर्टमन्ड र फ्रेन्च टोली लिलले १–१ गोलको बराबरी खेले ।

भिल्लाले बेल्जियन टोली क्लब ब्रागालाई ३–१ गोलअन्तरले हराउँदा आर्सनलले डच क्लब पीएसभीमाथि ७–१ को फराकिलो जित हासिल गर्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register