सत्तापक्ष र प्रतिपक्षी दुवै उठेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद्‌मा अवरोध कायम भएको छ । अवरोध कायम भएसँगै १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् । सत्तापक्षका सांसदहरू सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् । संसद्‌मा अवरोध हटाउनका लागि […]

Mar 30, 2025 - 09:13
 0
सत्तापक्ष र प्रतिपक्षी दुवै उठेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद्‌मा अवरोध कायम भएको छ । अवरोध कायम भएसँगै १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् ।

सत्तापक्षका सांसदहरू सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् ।

संसद्‌मा अवरोध हटाउनका लागि सभामुख घिमिरेले बैठक राखेका थिए । उक्त बैठकमा उनले तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको भन्दै संसद्‌मा छलफलको वातावरण बनाउन आग्रह गरे ।

तर, प्रतिपक्षी दलले प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न नदिने अडान कायमै राख्यो । यता चैत १८ मा प्रधानमन्त्रीले जवाफ दिने सूचना आइसकेकाले बैठक अवरोध गर्नु जायज नहुने भन्दै सदन सञ्चालनको माग सहित सत्तापक्षले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register