जनतालाई अनुभूत हुनेगरी विकास निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको स्वर्णजयन्ती समारोहमा बोल्दै उनले देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको बताए । देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले […]

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।
दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको स्वर्णजयन्ती समारोहमा बोल्दै उनले देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको बताए ।
देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले बताए । गुरुङले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।”
सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्नेगरी सरकार काममा लागेको बताए ।
What's Your Reaction?






