पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने

काठमाडौं । विपद् विज्ञहरुले पहिरोको पूर्वानुमान गर्न सकिने विश्वसनीय विधि विकास गर्न सकिने निष्कर्ष निकालेका छन् । विगतमा सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गएको विषयमा वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो । सो अध्ययनमा सहभागी विज्ञ टोलीले उक्त निष्कर्ष […]

Mar 5, 2025 - 15:47
 0
पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने

काठमाडौं । विपद् विज्ञहरुले पहिरोको पूर्वानुमान गर्न सकिने विश्वसनीय विधि विकास गर्न सकिने निष्कर्ष निकालेका छन् ।

विगतमा सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गएको विषयमा वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो । सो अध्ययनमा सहभागी विज्ञ टोलीले उक्त निष्कर्ष निकालेको हो ।

अध्ययनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा रञ्जनकुमार दाहालले अध्ययनको उद्देश्य, अनुसन्धान विधिलगायतबारे जानकारी गराउँदै तथ्याङ्कका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने बताए । डा दाहालले यस्तो विधिको विकास गरी जोखिम सञ्चार रणनीति र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उक्त निष्कर्षसहतिको प्रतिवेदन हालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमासमेत बुझाइएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले प्राधिकरणले विभिन्न विपद्हरुको पूर्वसूचना प्रणाली विकासमा काम गरिरहेकाले सिन्धुपाल्चोकका दुई पालिकामा भएको अध्ययनले महत्त्वपूर्ण आधारका रुपमा काम गर्ने बताए ।

अध्ययनले हेलम्बुमा २४ घन्टामा १२४ मिलिमिटर पानी परेमा र पाँचपोखरी थाङपालमा सोही अवधिमा ११८ मिलिमिटर पानी परेमा पहिरो जान सुरु हुने देखिएको छ । मनसुनमा सबैभन्दा धेरै पहिरो जाने जिल्लामध्ये सिन्धुपाल्चोक पनि हो । नेपालका लागि हालसम्म गरिएका अध्ययनका अनुसार प्रति दिन एक सय १५ मिलिमिटरदेखि एक सय ६० मिलिमिटर पानी पर्दा पहिरो निम्तिने गरेको छ ।

उक्त अध्ययनले कति वर्षाले पहिरो जाने कुराको तथ्याङ्कका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने औँल्याएको छ ।

अध्ययनमा वर्षाको मात्राले पहिरो जाने सीमा निर्धारण गर्न सकेमा पहिरोको पूर्व चेतावनी प्रणाली र विपद् जोखिम व्यवस्थापनको रणनीति विकास गर्न सजिलो हुने सुझाव दिइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register