भीआईपी स्वयंले सुरक्षा संवेदनशीलता ख्याल गर्नुपर्ने

काठमाडौं । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । समितिले घटनाको विस्तृत छानबिन गर्दै सुझाव सहितको प्रतिवेदन गृहमन्त्री लेखकलाई बुझाएको हो । समितिको सुझावमा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा उनीहरू स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने भनिएको छ । यस्तै, सुरक्षालाई भन्दा उपस्थितिलाई  प्राथमिकता नदिन […]

Mar 18, 2025 - 10:38
 0
भीआईपी स्वयंले सुरक्षा संवेदनशीलता ख्याल गर्नुपर्ने

काठमाडौं । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । समितिले घटनाको विस्तृत छानबिन गर्दै सुझाव सहितको प्रतिवेदन गृहमन्त्री लेखकलाई बुझाएको हो ।

समितिको सुझावमा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा उनीहरू स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने भनिएको छ । यस्तै, सुरक्षालाई भन्दा उपस्थितिलाई  प्राथमिकता नदिन सुझाइएको छ । मञ्चमा प्रज्वलनशील पदार्थ प्रयोगमा पूर्ण बन्देज गर्न सुझाव दिएको छ । यस्तै, प्रविधिका नाममा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रम सुरु नगर्न सुझाव दिएको छ ।

विशिष्ट व्यक्तिहरू सहभागी हुने कार्यक्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउन समितिको सुझाव छ । यस्तै समितिले, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पहरूको उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएको छ । विना अनुमति आतसबाजी तथा विस्फोटक रसायनको प्रयोगलाई बन्देज लगाउनुपर्ने समितिको सुझाव छ । यस्ता कार्यक्रमका लागि कार्यविधि तथा मापदण्ड बनाउनुपर्ने समितिको सुझाव छ ।

छानबिन समितिको सुझाव बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दवाडीलाई निर्देशन दिएका छन् ।

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

घटनालगत्तै गृहमन्त्री लेखकले मन्त्रिस्तरीय निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register