खाली संसद्‍मा बजेट छलफल (तस्विरहरू)

काठमाडौँ । विरोध र नाराबाजीकाबीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । विपक्षीहरुको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् । सत्ताका […]

Jun 15, 2025 - 10:53
 0
खाली संसद्‍मा बजेट छलफल (तस्विरहरू)

काठमाडौँ । विरोध र नाराबाजीकाबीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । विपक्षीहरुको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।

सत्ताका सांसदहरुको पनि उल्लेख्य सहभागिता देखिएको छैन ।

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् र त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register