आज झापासहित ३७ जिल्लामा बाढीको जोखिम, कनकाई नदीमा पानीका बहान उल्लेख्य बढ्ने

झापा, १ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज झापासहित ३७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ उपत्यकाका तीन जिल्लासहित ३७ जिल्लामा बाढीको जोखिम छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ आज इलाम, झापा, मोरङ, सुनसरी, धनुषा, धनकुटा, भोजपुर, उदयपुर, [...] The post आज झापासहित ३७ जिल्लामा बाढीको जोखिम, कनकाई नदीमा पानीका बहान उल्लेख्य बढ्ने appeared first on Jhapa Online.

Jun 15, 2025 - 08:15
 0
आज झापासहित ३७ जिल्लामा बाढीको जोखिम, कनकाई नदीमा पानीका बहान उल्लेख्य बढ्ने

झापा, १ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज झापासहित ३७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ उपत्यकाका तीन जिल्लासहित ३७ जिल्लामा बाढीको जोखिम छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ आज इलाम, झापा, मोरङ, सुनसरी, धनुषा, धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, तेह्रथुम, ओखलढुंगा, मकवानपुर, गुल्मी, पाल्पा, सल्यान, गोरखा, तनहु, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चननपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यसमा पनि ललितपुर र भक्तपुरसहित १४ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचमा ललितपुर, भक्तपुर, काभ्रे, धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, कैलाली र कञ्चननपुर छन्।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (मंगलबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिएको जानकारी दिएको छ।

The post आज झापासहित ३७ जिल्लामा बाढीको जोखिम, कनकाई नदीमा पानीका बहान उल्लेख्य बढ्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register