ट्रम्पले भने- ‘कर नीतिले केही अशान्ति निम्त्याउन सक्छ’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर नीतिले केही अशान्ति निम्त्याउन सक्ने स्वीकार गरेका छन् । संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो स्वीकारेका हुन् ।  उनले आफूले लिएको कर रणनीतिले केही अशान्ति निम्त्याउन सक्ने बताएका छन् ।  तर, कृषि उत्पादनहरुमा लगाइएको कर अप्रिल २ देखि लागू हुने बताउँदै ट्रम्पले नयाँ व्यापार नीति अमेरिकी […]

Mar 6, 2025 - 07:14
 0
ट्रम्पले भने- ‘कर नीतिले केही अशान्ति निम्त्याउन सक्छ’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर नीतिले केही अशान्ति निम्त्याउन सक्ने स्वीकार गरेका छन् । संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो स्वीकारेका हुन् । 

उनले आफूले लिएको कर रणनीतिले केही अशान्ति निम्त्याउन सक्ने बताएका छन् । 

तर, कृषि उत्पादनहरुमा लगाइएको कर अप्रिल २ देखि लागू हुने बताउँदै ट्रम्पले नयाँ व्यापार नीति अमेरिकी किसानहरुका लागि महान हुने बताएका छन् । 

ट्रम्पको यस्तो स्वीकारोक्ति र कर नीतिले अमेरिकाको अर्थतन्त्रमा पार्न सक्ने प्रभावको विषयमा अमेरिकी अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register