हवाई फायर गरी लागुऔष गाँजा ओसार पोसारमा संलग्न १ जना पक्राउ

सुनसरी, २२ फागुन। सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसार पोसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २२ गते बिहानको राती १ बजे लागुऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले [...] The post हवाई फायर गरी लागुऔष गाँजा ओसार पोसारमा संलग्न १ जना पक्राउ appeared first on Jhapa Online.

Mar 6, 2025 - 08:12
 0
हवाई फायर गरी लागुऔष गाँजा ओसार पोसारमा संलग्न १ जना पक्राउ

सुनसरी, २२ फागुन। सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसार पोसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २२ गते बिहानको राती १ बजे लागुऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ जंगलको बाटो हुदै शंकास्पद अवस्थामा भारी बोकी आउदै गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसार पोसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरि कुमार राईलाई पक्राउ गरेको छ ।

उक्त स्थानबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको २ सय २५ किलोग्राम गाँजा बरामद गरेको छ भने ओसार पसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोज तलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।

The post हवाई फायर गरी लागुऔष गाँजा ओसार पोसारमा संलग्न १ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register