बजेट छलफल : सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने भएकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारको जिम्मेवारी […]

Mar 6, 2025 - 13:26
 0
बजेट छलफल : सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने भएकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारको जिम्मेवारी तथा भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह गरेका हुन् । उनले सङ्घीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घले गर्न जरुरी नरहेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले प्रदेश तथा स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र सङ्घीयताको अभ्यास बलियो हुने बताए । त्यस्तै तयारी अवस्थामा रहेका आयोजनाको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्वपूर्ण आयोजनाको तयारीमा ध्यान पुर्‍याउन पनि उनले अनुरोध गरे ।

अहिलेको संसदबाट योभन्दा बलियो सरकार बन्ने सम्भावना नहरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेले यो सरकारले सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहनाअनुसार नयाँ बजेट बनाउने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register