रिङ्कु र प्रकृतिलाई न्याय दिलाए मात्रै महिला दिवस सार्थक : पुष्पा भुसाल

काठमाडौं । नेपाली काङ्ग्रेस महिला विभाग प्रमुख पुष्पा भुसालले रिङ्कु सदा र प्रकृति लम्साललाई न्याय दिलाए मात्रै महिला दिवसले सार्थकता पाउने बताएकी छिन् । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले सिरहामा सामूहिक बलात्कारको पीडा सहन नसकेर आत्महत्या गरेकी रिङ्कु र भारतको केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृतिलाई न्याय दिलाएर महिला दिवसलाई सार्थकता दिनुपर्ने उल्लेख […]

Mar 8, 2025 - 09:45
 0
रिङ्कु र प्रकृतिलाई न्याय दिलाए मात्रै महिला दिवस सार्थक : पुष्पा भुसाल

काठमाडौं । नेपाली काङ्ग्रेस महिला विभाग प्रमुख पुष्पा भुसालले रिङ्कु सदा र प्रकृति लम्साललाई न्याय दिलाए मात्रै महिला दिवसले सार्थकता पाउने बताएकी छिन् ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले सिरहामा सामूहिक बलात्कारको पीडा सहन नसकेर आत्महत्या गरेकी रिङ्कु र भारतको केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृतिलाई न्याय दिलाएर महिला दिवसलाई सार्थकता दिनुपर्ने उल्लेख गरेकी हुन् ।

‘रिङ्कु सदा र प्रकृतिलाई न्याय दिलाउन काङ्ग्रेसले अग्रसरता देखाउनुपर्छ । उनीहरूलाई न्याय दिलाउँदै महिला हिंसा अन्त्यको वातावरण बनाएर  महिला दिवसलाई सार्थक बनाउनुपर्छ,’ उनले भनिन् ।

पितृसतात्मक सोचका अवशेष बाँकी नै रहेकाले महिलाहरूमाथि विभेद भइरहेको उनले बताइन् । ‘नेपालको कानुनमा अझै पनि ४२ वटा विभेदयुक्त कानुन छ, यस्ता विषयहरूको अन्त्य गर्दै समानतामूलक समाज निर्माणमा ध्यान दिन जरूरी छ,’ उनले भनिन् ।

महिला अधिकार र समानताका लागि काङ्ग्रेसले विशेष सङ्कल्प लिनुपर्ने उनले बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register