भारतले गर्‍यो पाकिस्तानका लागि एयरस्पेस बन्द, जयशंकर र पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको फोन

पहलगाम आतंकवादी हमालपछि भारत र पाकिस्तानबीच बढिरहेको तनावका क्रममा भारतले पाकिस्तानी विमानका लागि एयरस्पेस बन्द गरेको छ । अब पाकिस्तानी कुनै पनि विमान भारतमाथिको आकाशमा उड्न पाउने छैनन् । पाकिस्तानले यसअघि नै भारतीय विमानका लागि एयरस्पेस बन्द गरिसकेको छ । आणविक हतियार सम्पन्न दुई दक्षिण एसियाली मुलुकबीच तनाव उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय समुदाय सक्रिय भएको छ […]

May 1, 2025 - 05:16
 0
भारतले गर्‍यो पाकिस्तानका लागि एयरस्पेस बन्द, जयशंकर र पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको फोन

पहलगाम आतंकवादी हमालपछि भारत र पाकिस्तानबीच बढिरहेको तनावका क्रममा भारतले पाकिस्तानी विमानका लागि एयरस्पेस बन्द गरेको छ । अब पाकिस्तानी कुनै पनि विमान भारतमाथिको आकाशमा उड्न पाउने छैनन् । पाकिस्तानले यसअघि नै भारतीय विमानका लागि एयरस्पेस बन्द गरिसकेको छ ।

आणविक हतियार सम्पन्न दुई दक्षिण एसियाली मुलुकबीच तनाव उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय समुदाय सक्रिय भएको छ । भारत र पाकिस्तानबीचको तनाव कम गर्न अमेरिकादेखि मुस्लिम देशहरूसमेत सक्रिय भएका छन् ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्क रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग फोन वार्ता गरेका छन् । भारतीय विदेशमन्त्रीसँगको फोन वार्तामा रुबियोले पहलगाम आक्रमणप्रति दुःख व्यक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । वार्ताका क्रममा उनले पाकिस्तानसँगको तनाव कूटनीतिक माध्यमबाट समाधान गर्नसमेत आग्रह गरेको जनाइएको छ ।

उता पाकिस्तानी प्रधानमन्त्रीसँगको कुराकानीमा पनि रुबियोले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले भारतका तर्फबाट उक्साहटपूर्ण कदमहरू चालिएको भन्दै त्यसबारे अमेरिकी विदेशमन्त्रीलाई जानकारी गराएका छन् । उनले पहलगाम आक्रमणमा पाकिस्तानीको कुनै संलग्नता नरहेको बरु यसमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register